येशूको आमाको नाम के हो?
मरियम (मत्ती 1:18)
यसकारण ……………..सुहाउँदो फल फलाओ।
पश्चाताप (मत्ती ३:८)
मत्ती २४:१२, …. ….. हुनाले धेरैको प्रेम सेलाएर जानेछ।
दुष्टता बढेको
आदम र हव्वाले पाप गरेपछि परमेश्वरले उनीहरूलाई के बनाएर लगाउन दिनुभयो?
छालाको लगाउने पोशाक (उत्पत्ति 3:21)
मत्ती ७:२० अनुसार अगमवक्ताहरूलाई कसरी चिनिन्छ?
तिनीहरूका फलबाट
आफ्नो पुस्तामा नोआ कस्तो मानिस थिए?
धर्मी र निर्दोष (उत्पत्ति ६ः९)
धन्य आत्मामा दिन हुनेहरू किनभने ………. यस्तैहरूको हो।
स्वर्गको राज्य (मत्ती ५:३)
मत्ती १२ : ५० अनुसार, किनभने जसले……………त्यही नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्छ
अब्राहाम र साराको पूरानो नाम के- के थियो?
अब्राम र साराई (उत्पत्ति १७ः ५; १५)
तिनीहरूसँग नडराओ जसले ...... मार्छन् तर ......मार्न सक्दैनन् बरू आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ।
शरीरलाई ; आत्मालाई (मत्ती १०:२८)
येशू जन्मनुहुँदा यहूदीहरूको राजा को थियो?
हेरोद (मत्ती 2:1)
धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले………. देख्नेछन्।
परमेश्वरलाई (मत्ती ५:८)
मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरुन् भन्ने तिमीहरु चाहन्छौ तिमीहरुले पनि तिनीहरुसँग त्यस्तै व्यवहार गर किनभने यही नै व्यवस्था र अगमवक्ताको शिक्षाको सारांश हो। यो पद बाइबलको कुन ठाउँमा पाइन्छ? जसलाई सुनौलो नियम पनि भनिन्छ।
मत्ती ७ :१२
मत्ती २४: ३६ अनुसार, अन्त्यका दिन कहिले हुन्छ भन्नेबारे को बाहेक अरु कसैले जान्दैन भनिएको छ?
पिता बाहेक
येशूले भन्नुभयो“तिमीहरू दुई मालिकलाई सेवा गर्न सक्दैनौ” – ती दुई मालिकहरू के के हुन्?
परमेश्वर र धन (मत्ती 6:24)
मत्तीलाई येशूले कहाँ भेट्नुभयो?
कर उठाउने अड्डामा (मत्ती 9:9)
मत्ती ६:३३ पदमा के लेखिएको छ?
तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछ।
" तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरै जना मानिसहरू बाँचिरहून्।" ( उत्पत्ति ५०ः२०)
यो कसले कसलाई कुन सन्दर्भमा भनिएको हो?
यो योसेफले आफ्ना दाजूभाइहरुलाई याकुबको मृत्युपछि सान्त्वना दिने क्रममा भनेका हुन्।
येशु पक्राउ पर्न भन्दा अघि कुन बगैंचामा प्रार्थनाको निम्ति जानुभयो।
गेतसमनी (मत्ती 26:36)
इस्राएलको अर्थ के हो?
उनी परमेश्वरसँग लडन्त गर्छन् (उत्पत्ति ३२ः२८)
क्रुसमा झुण्डीरहनु भएको येशूको क्रुसलाई बोक्न कसले सहायता गरे?
कुरेनी सिमोनले (मत्ती 27:32)
मत्ती २८: १८ - २० पदमा के लेखिएको छ? (जसलाई हामी माहान आदेश पनि भन्ने गर्छौँ)
तब येशू तिनीहरूकहाँ आएर भन्नुभयो, "स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। यसकारण जाओ र सबै देशका जातिहरुलाई चेला बनाओ। पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरुलाई बप्तिष्मा देओ। मैले तिमीहरुलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिनीहरुलाई सिकाओ। हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु।"
उत्पत्ति ३ः १५ मा के लेखिएको छ?
"तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”
येशू पानीमाथि हिँडिरहनुभएको देखेर चेलाहरूमध्ये कुन चाहिँले मलाई तपाईं कहाँ पानीमाथि आउन आज्ञा दिनुहोस् भने?
पत्रुस (मत्ती 26:25)
उत्त्पत्ति ४९ः१० अनुसार कसको हातबाट राजदण्ड हट्नेछैन?
यहुदाको